विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १  टंकिसीनवारीमा जस्तापाता उत्पादन गर्ने उद्योग आरती स्ट्रिप्सबाट निस्किने प्रदूषण नियन्त्रण गर्न उद्योगले चासो नदेखाएको भन्दै स्थानियबासीले उद्योग परिसरमै धर्ना दिएका छन् । उद्योगबाट निस्किने फोहोर नालामा मिसाउने र प्रदूषणबाट हैरानी भएपछि  स्थानियबासी शनिबार उद्योग अगाडी चार घण्टा धर्ना दिएका हुन् ।

[caption id="attachment_61889" align="aligncenter" width="1000"] उद्योगबिरुद्ध नाराबाजी गर्दै स्थानियबासी ।[/caption]

दिगो रुपमा व्यवस्थापान नगरी सञ्चालनमा ल्याएको उद्योगबाट निस्कीने धुवा र प्रदूषण तत्काल नियन्त्रण गर, उद्योगबाट निस्कने प्रदूषणको उचित व्यवस्थापन बेगार थप विस्तार गर्न लागेको भौतिक निमार्णको उचित व्यवस्थापन गर लगायतको विभिन्न नारा लगाउँदै चार घण्टा धर्ना दिएका थिए । बुढीगंगा गाउँपालिका  १ नम्बर वडाका करिब १ हजारको सख्ंयामा उद्योगबाट निस्कीने प्रदूषणबाट प्रभावित भएका स्थानियले दिउँसो १ बजेदेखी साझ ५ बजेसम्म धर्ना दिएका थिए । धर्ना कार्यक्रमको कोणसभामा बोल्दै स्थानिय फडिन्द्र प्रसाद निरौलाले उद्योगले तत्काल प्रदूषण नियन्त्रण गर्ने व्यवस्था नगरे स्थानिय चरणबद्ध आन्दोलनमा उत्रिने चेतवनी दिए । ‘हामीले पटक–पटक सहदै आइम,’ उनले भने, ‘मानव स्वास्थ्यमा गम्भिर असर गर्ने प्रदूषण तत्काल नियन्त्रण नगरे कडा रुपमा प्रतिकारमा उत्रिन्छौं ।’ उनी भन्छन्,’ यो धर्ना कार्यक्रम चेतवनी स्वरुप हो । प्रदूषण तत्काल नियन्त्रण नगरे थप आन्दोलन चर्काउने स्थानियको भनाई छ । उद्योगबाट बढेको प्रदूषणको विषयमा लिएर आइतबार टंकिका स्थानिय जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने स्थानिय नगेन्द्र प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार प्रशान, स्थानिय र उद्यागविच छलफल गर्ने बताए ।