यसअघि ओलीको घरमा बिहान ४ बजे अज्ञात समूहले बम विस्फोट गराएको थियो । बम विष्फोट हुँदा भौतिक तथा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।
ओलीको झापास्थित घरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बस्दै आउनुभएको छ । ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।
यसैगरी नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विस्फोट भएको छ । विस्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
झापाका दुई स्थानमा बम विष्फोट भएपछि झापाको सुरक्षा व्यवस्थालाई थप मजबुद पारिएको प्रहरी उपरीक्षक केसीले बताए । उनले बम विष्फोट गराउने समूहको खोजीकार्य तीव्र पारिएको बताए ।