मोरङ/ मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने होडवाजीका साथ झापा र मोरङमा विभिन्न दलले शुक्रबार पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । यसक्रममा, झापा निर्वाचन क्षेत्र नम्बर ५ क को गौरादह नगरपालिकाको जुरोपानीमा वाम गठवन्धन पक्षले घरदैलो सहित ४ वटा कोणसभा सम्पन्न गरेको छ । प्रदेशसभामा एमालेका उम्मेदवार हिक्मत कार्कीको अगुवाईमा वाक्लो उपस्थितीमा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता सहितको घरदैलो कार्यक्रम भएको छ । सोही क्षेत्रको प्रदेश ख अन्तर्गत दमक ९ मा वाम गठवन्धनका प्रदेशसभाका एमाले उम्मेदवार अर्जुन राईले प्रदेशसभामा आफुलाई र प्रतिनिधिसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्दै घरदैलो कार्यक्रम गरेका छन् । मोडल क्याम्पस दक्षिण हुँदै चियावगान क्षेत्रमा भएको घरदैलोमा एमाले, माओवादी केन्द्र र राप्रपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठवन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार एमालेका घनश्याम खतिवडा, क प्रदेशसभा उम्मेदवार माओवादी केन्द्रका कुशल लिम्बु, एमालेबाट समानुपातिक उम्मेदवार डाक्टर शिवमाया तुम्वाहाम्फे सहितको सहभागितामा मिक्लाजोङ ९ मा घरदैलो भएको छ । क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश क अन्तर्गत वाम गठवन्धनको प्रदेशसभा उम्मेदवार माओवादीकी गीता तिम्सिनाको अगुवाईमा बेलबारी ८ वाहुनीको रइझार मा भएको घरदैलोमा नेपाली कांग्रेस परित्याग गरी १ सय ५ जना नेता कार्यकर्ता वाम गठवन्धनमा प्रदेश गरेका छन् । त्यहाँ ७ ठाउँमा कोणसभा भएका छन् । उता, क्षेत्र ख मा प्रतिनिधिसभा उम्मेदवार एमालेका भानुभक्त ढकाल र प्रदेशसभा उम्मेदवार राजकुमार ओझाको अगुवाईमा बेलबारी ९ र ११ नम्बर वडाको डाँगीहाट क्षेत्रमा घरदैलो भएको छ । क्षेत्र नम्बर ३ क को पथरीशनिश्चरे ७ र ९ मा कांग्रेसको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा उम्मेदवार सुनील शर्मा, प्रदेशसभा उम्मेदवार सूयर्माराज राई सहितको सहभागितामा शनिश्चरेको हाटखोला सहितका ३ स्थानमा कोणसभा सम्पन्न भएको छ । कांग्रेसको १ नम्बर क्षेत्र अन्तर्गत उर्लाबारीमा प्रतिनिधिसभा उम्मेदवार डिगबहादुर लिम्बू र प्रदेशसभा उम्मेदवार ललित अधिकारीको अगुवाईमा घरदैलो भएको छ । सोही क्षेत्रमा वाम गठवन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार एमालेका घनश्याम खतिवडा, प्रदेश क का माओवादी उम्मेदवार कुलबहादुर साम्बा, समानुपातिक उम्मेदवार एमालेकी डाक्टर शिवमाया तुम्वाहाम्फे तथा एमाले मोरङका अध्यक्ष विनोद ढकाल सहित सहभागि भई मिक्लाजुङ ९ मा घरदैलो सम्पन्न भएको छ । उर्लाबारी चोकमा भएको कोणसभा एमाले अध्यक्ष ढकालले वाम गठवन्धनको वहुमतको सरकार बन्ने जनलहर सिर्जना भएको जनाए ।