धनकुटा । उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा आज बम विष्फोट गराईएको छ । धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समूहले बिहान सााढे ७ बजेतिर बम विष्फोट गराएको स्रोतले जनाएको छ । प्रहरी प्रमुख सुदिप राजभण्डारीले विष्फोट भएको पुष्टि गरेका छन् । थप विवरण भने प्राप्त नभएको उनले बताए । घटनास्थलतर्फ प्रहरी परीचालन गरिएकोले विस्तृत विवतरण प्राप्त हुन नसकेको राजभण्डारीले जानकारी दिए । यसैगरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए । उक्त समुहले मन्त्रीलाई लक्षित गरी बम विष्फोट गराएको स्थानीयको भनाई छ । मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाडी घटनास्थलबाट करिब २ सय मिटर अगाडी बढिसकेकाले कुनै क्षति नभएको जनाइएको छ । सुनसरी १ का उम्मेदवार जयकुमार राईको घरमा बम विस्फोट इटहरीको जनता बस्तीमा बम बिस्फोट