इटहरी/ विहीबार इटहरीमा नेकपा एमालेको चुनावी कार्यक्रम भइरहेको स्थान नजिक वम विस्फोट गराइएको छ । बम विस्फोट कस्ले गराएको भन्ने खुलेको छैन  भने कुन प्रकारको बम विस्फोट भएको पनि एकिन नभएको प्रहरीले जनाएको छ । इटहरी– ५ जनता वस्तीमा नेकपा एमालेको चुनावी कार्यक्रम भइरहेका  सयमयमा अपरान्ह सवा ४ बजेतिर कार्यक्रम स्थलनजिकै बम विस्फोट भएको इलाका प्रहरीले जनाएको छ । कुन बम र कस्ले पड्काएको विषयमा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले बताए । चुनावी प्रचारको कोण सभा भइरहेका बेला कार्यक्रम स्थल भन्दा ५० मिटर पर बम विस्फोट भएको पूर्व साँसद रेवतीरमण भण्डारीले बताए ।

  चुनावी सभामा पूर्व साँसद रेवतीरमण भण्डारीसहित सुनसरी क्षेत्र नम्वर २ का बाम गठबन्धनका उमेद्वार हिमाल सुवेदी, प्रदेश सभा सदस्य सर्वध्वज साँवासहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो । विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन ।