इटहरी/ इटहरीमा सेना, प्रहरी तथा सशस्त्र प्रहरीमा भर्ती हुन चाहने व्यक्तिहरुलाई पूर्व तयारी कक्षा सञ्चालन गरिने भएको छ । कृष्ण एजुकेशन एण्ड मेनेजमेन्टले सो समवन्धी कक्षा सञ्चालन गरेको हो । सो संस्थाका कर्मचारी अरुण मेहेताका अनुसार विभिन्न विषयमा १५ दिने कक्षा सञ्चालन गरिएको बताए । लोकसेवा आयोगसंग सम्बन्धित सम्पूर्ण विषयहरुको पूर्व तयारी कक्षा संचालनका साथै शारीरिक परीक्षाको प्रशिक्षण भूपू सैनिकबाट गराइने पनि उनले बताए ।