तरहरा / निर्वाचनलाई लक्षित गदैं तरुण दल सुनसरीले पनि चुनावी अभियानलाई तिब्रता दिएको छ । सुनसरीका ४ वटै निर्वाचन क्षेत्रमा तरुण दलले आफनो कार्यकर्ता परिचालन गरेर आफना पार्टीका उम्मेद्धवारलाई सघाउने अभियानलाई तिब्रता दिएको हो ।

उम्मेद्धवारलाई सघाउनुको साथै सुनसरीका मतदाताहरुलाई निर्वाचन सम्बन्धि शिक्षा समेत प्रदान गदैं आएको छ । अमुल्य भोट खेर नजान मतदाता शिक्षा समेतको चेतना फैलाउने कार्यलाई पनि तरुण दलले तिब्रता दिएको छ । काग्रेसी युवाहरुको संगठनको रुपमा रहेको तरुणदलले लामो समयपछि आएको यो निर्वाचनलाई सहि सदुपयोग गर्न र सक्षम उम्मेद्धवारलाई जिताउन मतदातालाई आहवान गर्ने गरेको छ ।

अभियानको बारेमा जानकारी तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङले पार्टीको उदेश्य पुरा नहुन्जेल सम्म तरुण युवा चुनावी अभियानमा खटिनरहने बताए । गुरुङ भन्छन, ‘हामी लोकतन्त्रको रक्षाको लागी जनताको बिचमा रहेर मतदाता र उम्मेद्धवारलाई सघाइरहेका छौ’, यो अभियान निरन्तर रहने छ । तरुण दलले सुनसरीका भित्रि क्षेत्रमा पनि पुगेर निर्वाचनको प्रचारप्रसारको लागी कमिटि निर्माणलाई जारी राखेको छ । यस्तै अन्य पार्टीबाट प्रबेश गरेका युवालाई मनोनित गर्ने कार्यलाई पनि तिब्रता दिएको छ । हाल सम्म तरुण दलमा सुनसरीमा १५ सय बढी युवा प्रबेश गरिसकेका छन ।