[caption id="attachment_61557" align="alignleft" width="377"] बाढीले भत्किएको सन्थाल सामुदायहरुको घरहरु ।[/caption]

विराटनगर / मोरङ जहदा गाउँपालिका – ७ का प्रोमोद मूर्मुको घर गएको असारमा लोहन्द्रा खोलामा आएको बाढी घर भित्र पस्यो । सानो पुसको छाना र मोटोले लिपपोत गरी बनाएको घर भित्र पानी पस्दा आधि घरनै बगायो । पाँच जनाको परिवार अहिले त्यही भत्एिको टहरामा बस्दै आएका छन् ।

बाढीपीडित मूर्मु बाढीले भत्एिको घर बनाउने सपना अन्योलमा छ । पुस्तौंदेखि सन्थाल समुदायहरुको पालादेखि बस्दै आएको आएको घर बाढीका कारण भत्कियो । अन्यत्र कतै जग्गा पनि नभएकाले घरमा बस्ने सपना अधुरो रहेको उनी बताउँछन् । ‘पुस्तौंदेखि यही घरमा हाम्रो बावु, बाजेहरु बस्दै आए,’ उनले भने, ‘हाम्रो पुस्ता पनि त्यही घरमा बस्यौं, पाँच जनाको परीवार बस्दै आएका थियौं ।’ उनले आफ्नो जग्गाको नाममा एक टुक्रा समेत नभएको अहिलेसम्म साहुमाजको घरमा काम गरेको रोजी रोटीले गुजरा चलाउँदै आएको बताए । प्रमोदको जस्तै बसन्ती टुडुको सानो छाप्रो घर बसोबास गर्दै आएको घर बाढीको कारण क्षतिग्रस्त भयो । क्षतिग्रस्त घर टेकाको साहारामा  अड्याइएको छ । उनको चार जनाको परिवार अर्काको घरमा बनिबुतो गरी गुजरा चलाउँदै आएको उनले बताइन् । ‘बाढी पीडितको लागि सरकारले दिएको राहत स्वरुप प्रतिव्यक्ति ७० रुपैयाँ दिने सनुेको छु,’ उनले भनिन्, ‘अहिलेसम्म त्यस्तो रहत रकम पाएको छैन् । उनले भनिन, ‘विभिन्न दल र गाउँपालिका बाढेको राहत खाद्य सामाग्री भने पाइम ।’ राहत रकम यस बस्तीका सन्थाल सामुदायका बाढी पीडितले नपाएको उनीहरुको भनाई छ । मुलुक यतिखेर प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा छ । राजनीतिक पार्टीहरू आफ्नो दललाई जिताउने होडबाजीमा विभिन्न योजनाको ठेली बोकेर घरदैलो गर्दै आश्वासन बाँडिरहेका छन् । बाढीपीडित भएका सन्थाल बस्तीक करिब एक दर्जन बढी बस्तीहरु क्षतिग्रस्त भएको  छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने यस बस्तीमा कुनै पनि उम्मेदवार भोट माग्न नआएको सुरेन्द्र मूर्मुले बताए । बाढीले बास गुमेर जिर्ण घरमा बसोबास गरिरहेका पीडितहरू भने, ‘ओत लाग्ने सानो स्थाही टहरो र सुरक्षित बासस्थान’ मागिरहेका छन् । ‘धेरैपल्ट भोट हाल्यौं, कयौंपल्ट जितायौं,’ सुरेन्द्रले भने, ‘हामीले जहिल्यै हार्‍यौं, अरू केही माग्दैनौं, ओत लाग्ने टहरा र सुरक्षित बासस्थान देऊ ।’ ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन, हामीले के पायौं र ?’ सुरेन्द्रले भने ‘दलहरूको कुरा मात्रै रहेछ ।’ प्रतिनिधि तथा प्रदेशसभामा चुनिएका जनप्रतिनिधिले पीडितको बास व्यवस्थापन गर्नेमा निश्चिन्त हुन नसकेको उनीहरू बताउँछन् । मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधि सभामा माओवादीका शिवकुमार मण्डल, नेपाली काँग्रेसबाट अमृत आर्याल, संघिय समाजबादी फोरमबाट राजकुमार यादव उम्मेदवारी बनेका छन् । त्यस्तै प्रदेशतर्फ बामगठबन्धतर्फ ज्ञानदेव राजवंशी र सुभान मिया,  काँग्रेसबाट सुकदेव मण्डल  र राजेश गुप्ता, संघिय समाजबादी फोरमबाट जयराम यादव उम्मेदवार बनेका छन् । यही पार्टी बिच नै यस निर्वाचन क्षेत्रमा चुनावी प्रस्पिर्धा हुने देखिएको छ  । निर्वाचित हुने प्रतिनिधीहरुसँग सन्थाल बस्तीका बाढी पीडितहरुले यही अपेक्षा राखेका छन् । यस निर्वाचन क्षेत्रमा ८९ हजार २ सय ८७ मतदाता रहेका छन् ।