झापा । झापाको शिबसताक्षी नगरपालिका ५ मा जंगली चितुवाको आक्रमणबाट बुधबार एक प्रहरी सहित ५ जना घाईते भएका छन्।
अपरान्ह साढे ४ बजे जंगलबाट निस्किएको चितुवाले आक्रमण गर्न थालेपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय शिवगंजबाट खटि गई चितुवा लखेट्ने क्रममा प्रहरी हवल्दार युवराज थापा (सामान्य), ४५ बर्षिय गीता खरेल (सामान्य), शिवसताक्षी नगरपालिका ६ बस्ने देबलाल राजबंशी(सामान्य), सोही नगरपालिका ५ बस्ने बुद्धसिंह ताजपुरिया (गम्भीर) घाईते छन्। उनीहरुको दमक तथा बिर्तामोडमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय शिबगंजले जनाएको छ।