विराटनगर/ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै मोरङ प्रहरीले जिल्लामा विशेष सुरक्षा व्यवस्था अपनाएको छ । निर्वाचनमा चुनाव विरोधी संगठनले मतदातालाई त्रासित पार्ने गतिविधी रोक्न प्रहरीले विशेष सुरक्षा अपनाएको हो ।
प्रहरीले एक साता अवधिमा चुनाव विरोधी गतिविधिमा संलग्न विप्लप समूहका १४ जना कार्यकर्तालाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । संकास्पथ गतिविधिमा संलग्न भएको पाइएपछि बुधबारसम्म १४ जना नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।
पक्राउ पर्ने जिल्ला तहका नेताहरु रहेको बताइएको छ । प्रहरीले पक्राउ परेकालाई सुरक्षाको कारण देखाउँदै उनीहरुको नाम सार्वजानिक गरेको छैन् । ‘चुनाव बिरोधी गतिविधी जस्ले गर्छ त्यसलाई नियन्त्रणमा लिन्छौं,’ एसपी बिसीले भने, ‘संकास्पथ गतिविधि गरेको देखिए तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं ।
७ सय ५८ वटा मतदान केन्द्र र ३ सय वटा मतदान स्थल रहेकोे मोरङमा सुरक्षा प्रदान गर्न विशेष प्रहरी परिचालन गर्ने विसीले बताए । मोरङमा ३ हजार १ सय ५६ जना म्यादी प्रहरी र मतदान स्थलको अवस्था हेरेर प्रहरी परिचालन गरीने उनले जानकारी दिए । सम्वेदनशिल मतदान स्थलमा सुरक्षाकर्मी आवश्यक परे त्यही अनुसार अञ्चल र क्षेत्रीय कार्यालयबाट प्रहरी परिचालन हुने बताइएको छ ।
एसपी बिसीले भने, ‘मतदातालाई त्रासित पार्ने खाले गतिविधि रोक्न सुरक्षाकर्मीले सुक्ष्म निगरानी गरेको छ ।’ कुनै ठाउँमा शंकास्पत बस्तु फेला परे प्रहरीलाई खबर गर्न आग्रह गर्दै बिसीले भने, ‘बम निस्कृय पार्न नेपाली सेना र प्रहरीको डिस्पोज टोली छ ।’ यो टोलीले घटना स्थलमा तुरुन्तै पुगी संकास्पद बस्तु निस्कृय पार्ने प्रहरीको भनाई छ ।
प्रहरीले मोरङको ७० वटा मतदान केन्द्रलाई विशेष संम्वेदनशिल रहेको बताइएको छ । त्यस क्षेत्रमा त्यही अनुुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचान गर्ने भएको छ ।