धरान/संघीय लिम्बुवान मञ्च नेपाल सुनसरी कोशी गाउँपालिकाको अध्यक्षमा मोहम्मद सद्दिक मिया चयन भएका छन् ।

कात्र्तिक ३० गते सम्पन्न भेलाले उपाध्यक्षमा आब्दुर रसिद, सचिवमा इब्राहिम मिया, अर्थ सचिवमा बद्री आलम चयन भए । यसैगरी सदस्यहरुमा आलम गिर, कासिम मिया, बसरुन मिया, सलिम मिया, अहमद मिया, तैयव मिया र मो. पराजुल रहेका छन् ।
त्यस्तै शनिबार भोक्राहा गाउपालिका वडा १ मा संघीय लिम्बुवान मञ्च युवा मञ्चको अध्यक्षमा विष्णु मेहता चयन भएका छन् । यस्तै उपाध्यक्षमा इसाक मन्सुरी, सचिवमा बिक्रमक मेहता, अर्थ सचिवमा मनोज मेहता रहेका छन् ।
यसैगरी सदस्यहरुमा विराज यादव, लालु परियार, मनोज मेहता, महेश मुखिया, नविन सुब्बा, ध्रुवनारायण मेहता, लक्ष्मी मुखिया रहेका छन् । र सल्लाहरद्वय समिर मन्सुरी र नन्दकुमार मेहता रहेका छन् । जिल्ला अध्यक्ष अमर इजमको प्रमुख उपस्थितिमा समितिहरु गठन भएको हो ।