-
Home
-
राशिफल
-
नेविसंघलाई बाम गठबन्धन विरूद्ध लाग्न गच्छदारको निर्देशन
नेविसंघलाई बाम गठबन्धन विरूद्ध लाग्न गच्छदारको निर्देशन
- मंसिर २, २०७४
- ब्लाष्ट खबर
तरहरा । नेपाली काँग्रेसका नेता तथा उपप्रधानमन्त्री विजय कुमार गच्छ्दारले नेपाली काँग्रेस र लोकतन्त्रलाई समाप्त पार्न लागि परेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघलाई गाउँ गाउँमा चुनावी माहोल बनाउँदै चुनावमा लाग्न निर्देशन दिएका छन ।
नेपाल विद्यार्थी संघ सुनसरीले चुनाव विशेष गरेको विशेष छलफल कार्यक्रममा वोल्दै गच्छदारले निर्देशन दिएका हुन । बाम गठबन्धनले काँग्रेसलाई भित्तामा पुर्याउने उद्घोष गरेको भन्दै नेता गच्छदारले चुनाव जितेर काँग्रेसकै नेतृत्वमा सरकार बनाएर देखाउने भन्दै नेता गच्छदारले त्यसका विरुद्ध लाग्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिए ।
सुनसरीमा नेपाली काँग्रेसको बढ्दो प्रभाव देखेर बाम गठबन्धनहरु आफ्ना नेता तथा कार्यकर्तामा कुटपिटमा उत्र्रन थालेको आरोप समेत नेता गच्छदारले आरोप लगाए । विशेष गरी आफ्नो निर्वाचन क्षेत्र ३ मा बाम गठबन्धन कमजोर बन्ने देखेपछि नेपाली काँग्रेसको झण्डा जलाउने, कार्यकर्ता कुटने गर्न थालेको भन्दै राजनिति त्यसरी नहुने तर्क उनको थियो ।
निर्वाचन लक्षित गरेर नेपाल विद्यार्थी संघले सुनसरीका विभिन्न क्षेत्रका विद्यार्थीहरुलाई परिचालन गर्न छलफल कार्यक्रम राखेको जिल्ला सभापति मन्दिप भट्टराईले जानकारी वताए । । कार्यक्रमलाई सुनसरीका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरु सिताराम मेहेता,राजिब कोईराला लगायतका नेताहरुल सम्बोधन गरेका थिए ।
त्यस्तै इटहरी १६ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा करीव ५ सय जना अन्य पार्टीकाट काग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा वोल्दै नेपाली काग्रेसका युवा नेता तथा क्षेत्र नम्वर २ क का उम्मेदवार हेमकर्ण पौडेलले आफु विकासका लागी निर्वाचनमा उठेको भन्दै आफुलई भोट हाल्न कार्यकर्ताहरु सग अनुरोध गरेका थिए । कार्यक्रममा नेपाली काग्रेसका २ नम्वर क्षेत्रीय सभापति मणिराम श्रेष्ठ,तरुण दल सुनसरीका अध्यक्ष शिजन गुरुगं लगायतका नेताहरुले वोलेका थिए ।