धरान/पत्रिका बेचेर आफ्नो दैनिकी चलाउदै आएका धरान ११ का ज्ञानबहादुर माझिको घर निर्माणका लागि ब्लाष्ट टाईम्स दैनिकले ५ हजार ५५ रुपैया आर्थिक सहयोग गरेको छ ।

[caption id="attachment_60682" align="alignleft" width="568"]majhi-pic माझिलाइ सहयाेग रकम हस्तान्तरण गर्दै ब्यबस्थापक कार्की । तस्विर विकास चाम्लिङ राइ[/caption]

ब्लाष्ट टाइम्स दैनिकका म्यानेजर दिपेन्द्रकुमार कार्किले बुधबार माझिलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।अपाङग समेत रहेका माझिको घर भत्किएर नाजुक भएपछि धरानका पत्रकारहरुले देउसी खेलेर घर निर्माणका लागि सहयोग समेत जम्मा गरेका छन् ।

पत्रकार जनकऋषि राईले माझिको घर निर्माणका लागि बिभिन्न ठाउबाट सहयोग प्राप्त भई रहेको बताए