पथरी/ मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले मतदाताको मन आकर्षित गर्न पार्टी प्रवेश गरेको भ्रामक प्रचार गर्दै आएकोमा नेकपा एमाले क्षेत्र नम्बर ३ ले आपती जनाएका छन् ।

पथरीशनिश्चे नगरपालिका र कानेपोखरी गाउँपालिकाका नेकपा एमालेका केही संगठित सदस्यहरुको नाम बाचन गर्ने देखि लिएर कांग्रेसको कार्यक्रममा तानेर ल्याएर टिका समेत लगाइ दिने कार्य गर्दै आएकोले आपती जनाएको हो । नामबाचन गरेका र टिका लगाइदिएको आफ्नो संगठित सदस्यहरुले पार्टी प्रवेश नगरेको विज्ञप्ती नै निकाले पछि मोरङ क्षेत्र नं. ३ को संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक चण्डीप्रसाद राईले यस्तो कार्य बन्द गर्न समेत चेतावनी दिएका छन् ।

पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ का नवराज मिश्र,भोजकुमारी लावती र मिलन बस्नेतलाई पथरीको एक कार्यक्रममा नेपाली कांग्रेसले जवरजस्ती आफ्नो नाम वाचन गरेर कांग्रेसमा प्रवेश गरेको हल्ला फैलाएको भन्दै आपती जनाएका छन् । तिनै जना नेकपा एमालेको संगठित सदस्य हुन । नेकपा एमाले पथरीशनिश्चरे १ का पार्टी अध्यक्ष भिमकुमार राईको हस्ताक्षरीत विज्ञप्ती निकाल्दै आफूहरु पहिले पनि नेकपा एमाले मै रहेको र अहिले पनि नेकपा एमाले नै रहेको जनाउँदै आफूहरु कुनै पार्टी प्रवेश नगरेको विज्ञप्ती मार्फत जनाएका छन् । कांग्रेसले आफूहरुको चरित्र हत्या गरेको छ, यस्तो कार्य फिर्ता लिन अनुरोध गर्दै यस्तो काम नर्गन समेत चेतावनी दिएका छन् ।

त्यसैगरी कानेपोखरी गाउँपालिका वडा नम्बर ६ का अरर्पन राईलाई नेपाली कांग्रेसले आइतबारेको एक कार्यक्रममा कांग्रेसका सोभा रिजालले जवरजस्ती पक्रेर टिका लगाई दिएका छन् । राई जुठो बारेर बसेको बेला एकजनाले पक्रने र अर्कोेले टिका लगाई दिएको मंगलबार बिहिबारेमा भएको सँयुक्त बामगठबन्धन कार्यक्रममा राईले बताउँर्दै आपती जनाएका थिए । आफ्नो बाटो हिडिरहेको बेला आफुलाई पक्रेर हुर्दैना भन्दा भन्दै टिका लगाई दिएको उनले बताए । उनले भने ‘कांग्रेसले अपराध गरेको छ, म जुठो बारेर बसेको बेला मलाई रातो टिका लगाई दिएको छ । जवरजस्ती कांग्रेस बनाएर हुन्छ ? जनताको मन जित्नु पर्छ, जवरजस्ती गनै पर्दैन ।’

त्यसैगरी कानेपोखरी गाउँपालिका वडा नम्बर ४ का रुकमीरा ढकाललाई सोमबार बयरवनको बजारमा नेपाली कांग्रेलले जवरजस्ती कांग्रेसमा प्रवेश गराएको भन्दै आपती जनाएको छ । आफूलाई काम छ भन्दै फोन गरेर बोलाएर तिमी आज देखि नेपाली कांग्रेसमा प्रवेश गरेको भन्दै लगाइदिए पछि आफू प्रवेश नगरेको बताउँर्दै टिका पुच्दै त्यहाँबाट हिडेकी रुकमिराले बताइन । आफू नेकपा एमाले नै रहेको र आफू कुनै पार्टी प्रवेश नगरेको उनले जनाइन । रुकमिरा नेकपा एमालेका संगठित सदस्य देवेन्द्र ढकालको श्रीमती हुन ।

उता नेकपा एमाललेले यस अधिनै ५ बर्षको लागी कारबाही गरेका पथरीशनिश्चरे १ का धनकुमार तामाङ र कानेपोखरी गाउँपालिका वडा नम्बर ७ का हिमप्रसाद तिम्सीनालाई नेकपा एमालेबाट प्रवेश गरेको भन्र्दै भ्रम फैलाएको छ । उनीहरु एमाले थिएन । तिम्सीना यस अघि स्थानीय तहमा टिकट नपाए पछि एमालेबाट नेपाल मजदुर किसान पार्टीमा प्रवेश गरी गाउँपालिकाका प्रमुखमा उमेदवार भैसकेका छन् । त्यसैगरी पथरीशनिश्चरे १ का तामाङ पनि वडा नम्बर १ मा टिकट नपाए पछि स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षमा स्वतन्त्र उमेदावर भएका थिए । नेपाली कांग्रेसले धनकुमार तामाङ र हिम प्रसाद तिम्सिनाको नेतृत्वमा पार्टी प्रवेश भने पछि नेकपा एमालेले आपती जनाएको संयोजक चण्डीप्रसाद राईले बताए ।