विराटनगर/ विराटनगर महानगरपालिका–११ बस्ने बलराम कारंजीतको घरबाट ४ लाख मूल्य बराबरको धनसम्पत्ति चोरी भएको छ ।

घर धनी कारंजीतलगायत परिवारका अन्य सदस्यसमेत झापा गएको समयमा ढोकाको ताला फोडी कोठाभित्र रहेको दराजबाट आज बिहान ३ बजे सात तोला सुन र नगद गरी ४ लाख मूल्य बराबरको चोरी भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी दिएको घरधनी कारंजीतले बताए । विगत केही दिनदेखि विराटनगर महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भइरहेको छ ।