लक्ष्मीमार्ग । मसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेता तथा कार्यकर्ता घरदैलो कार्यक्रममा ब्यस्त देखिन्छन् । मतदाता प्राय खेतीमा बाली लगाउने र बाली उठाउनेमा व्यस्त भएकाले नेताहरु खेतीमै गएर मतदाता कृषकहरुलाई सघाउदै भोट माग्दै गरेको पाइएको छ ।
“खेतमा पाकेको धान काट्न र थन्क्याउनमै ब्यस्त छौँ, यो नसकि कतै ध्यान दिदैनौँ” मोरङको बेलवारी ११ लक्ष्मीमार्ग बस्ने सन्तोस खतीवडाले बताए । स्थानीय चुनावमा धेरै खटेर चुनाव प्रचारमा हिडेका मतदाता तथा कार्यकर्ताहरु समेत यस पटक खासै चुनाव प्रचार प्रसारमा लाग्न सकेको देखिदैन । दिन दिनै नजिक आईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्र तथा जील्ला स्तरीय नेताको दाँजोमा स्थानीय नेतालाई चुनाव लागेको देखिदैन । उम्मेदवार तथा नेतालाई चुनावी चटारो छ भने मतदातालाई बाली उठाउने र लगाउने हतारो छ । उम्मेदवार खेतबारीमै मतदाता संग भोट माग्दै आशिर्वाद लिदै गरेका भेटिन्छन् । अन्नको भण्डार भनेर चिनिने पुर्वी तराईका जील्लाहरुमा अन्य जिल्लाहरुको तुलनामा बढिनै कृषक मतदाताहरु धान थन्क्याउन व्यस्त भेदिन्छन् ।