इलाम/आउँदो मसिंर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि जिल्ला सुरक्षा समिति इलामले जनाएको छ । जिल्लाका ७२ मतदान केन्द्र सवेंदनशील रहेको जनाएको छ । इलाममा एक सय ४४ मतदान केन्द्र रहेकोमा बाकीँ भने ुामान्य रहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए ।
सुरक्षाका दृष्टिले केही सवेंदनशील मानिएका केन्द्रहरुमा नेपाली सेना र सशस्त्र प्रहरीले सुरक्षाको जिम्मेवारी लिएर खटिइसकेको प्रजिअ पोख्रेलले बताए । मतदान स्थलहरुको सुरक्षार्थ जिल्लामा तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रजिअ पोख्रेलको भनाई छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा इलाममा १४४ मतदान केन्द्र र २६६ मतदान स्थल रहेको र मतदान स्थलमा कर्मचारी खटाउन भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।
जिल्ला निर्वाचन कार्यालयबाट कर्मचारीको सूची नआएकाले मतदान स्थलमा कर्मचारी खटाउन बाकीँ रहेको उनको भनाई छ । इलामका सबै मतदान स्थलमा २३ सय कर्मचारीहरु आवश्यक पर्ने सुवेदीले बताएका छन् । दुई निर्वाचन क्षेत्र रहेको इलाममा दुई लाख चार हजार ५० मतदाता रहेका छन् । यसमध्ये क्षेत्र नं एकमा एक लाख १० हजार ६४ र क्षेत्र नं दुईमा एक लाख दुई हजार नौ सय ८६ मतदाता रहेका छन् ।