सुनसरी /विहिवार वेलुका साडे आठ बजे इटहरीमा गोली चलेको छ । इटहरी ४ स्थित पाँनधारे चोकमा गोली चलेको हो । गोली चलेको स्थानबाट एक थान गोलीको खोका प्रहरीले बरामद गरेको छ । सामान्य विवाद हुदा गोली चलेको प्रहरीले पुष्टि गरे पनि गोली चलाउँने युवालाई भने प्रहरीले पक्राउ गर्ने सकेको छैन ।

इटहरीका सुजन नेपाल सँग विवाद हुदा इटहरीनै घर भएका मनोज चौधरीले गोली चलाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय बहादुर राउतले बिहिबार राती साडे आठ वजे समयमा गोली चलेको पुष्टि गरे । उनले भने पेस्तोलबाट गोली चलाएको हुन सक्छ तर मार्ने नियतले नभई तर्साउँन गोली चलाएको पाईयो ।

डिएसपी राउतका अनुसार दुई युवाबीच विवाद हुदा गोली चलेको अनुसन्धानबाट खुलेको बताए । गोली चल्दा कोही घाइते नभएको र तर्साउन हवाई फायर गरेको हुन सक्ने अनुमान गरिएको छ । चुनावको मुखमा साना हतियारको जोखिम प्रहरीले औलाइरहेको समयमा यो घटनाले प्रहरीलाई थप गम्भीर बनाएको बताइएको छ । यस अघि पनि इटहरीको एक सुन पलमा कटुवा पेस्तोल देखाई लुटपाट भएको भए पनि लुटेरालाई पनि प्रहरीले पक्राउ पर्ने सकेको छैन ।

इटहरी तथा आसपासमा गोली काण्डहरु वारम्वार दोहरीन थालेको भन्दै सर्वसाधरणहरु त्रसित भएका छन । २०७३ गत कार्तिक १६ गते भाईटिकाको विहान तरहरा स्थित भोजपुरे होटलमा व्यापारी तोर्ण पौडेल र होटल सञ्चालक जंगमान राईमाथी गोली प्रहार भएको थियो । गत २०७३ पौष २३ गते इटहरी–१५ कै भवेश चौधरी माथी सामान्य विवादमा गोली प्रहार भएको थियो । खुल्ला सिमाना सँगै पूर्वी नेपालमा साना हतियारको विगविगी हुन थालेको विभिन्न् तथ्याकले देखाउँछ । सामान्य झै झगडा समेत साना हतियारको प्रयोग हुन थालेको छ । पूर्वको सिमा जोडिएको जिल्लाहरुमा सानो हतियारको बिगबिगि भईरहेकको प्रहरी तथ्याकले नै देखाउँछ ।

पूर्वी नेपालमा साना हतियारको बढि प्रयोग हुन थालेको प्रहरी नै वताउँछन । सीमा क्षेत्रमा सानो पेस्तोल नै बढी चुनौतीको विषय बनेको छ । पछिल्लो केहि समय यता भारतीय सीमावर्ती क्षेत्रमा कडाई गर्ने थालेको प्रदेशनम्वर एक प्रहरीले जनाएको छ । हतियार भित्रने सक्ने आशंकमा प्रहरीले सिमा क्षेत्रमा कडाई गरीरहेको प्रदेश नम्वर एकको प्रहरी प्रवक्ता शिव पोखरेलले वताए । उनले भने चुनावको वेला हुन सक्ने सम्भावित घट्नाहरुलाई मध्येनजर गरी सुरक्षा ब्यावस्था कडा बनाईएको छ ।

गत आर्थिक वर्ष २०७२/२०७३ मा पनि पूर्वमा अपराधको संख्या वढ्दै गएको प्रहरी तथ्याकले देखाउँछ । सिराह,संखुवासभा ,सुनसरी,मोरगं,इलाम सप्तरी र खोटाङ लगायतको जिल्लामा साना हतियारको प्रयोगले अपराध वढेको देखाउँछ । त्यस्तै आर्थिक वर्ष २०७१/२०७२ मा ९ पेस्तोलसहित ६० वटा हतियार बरामद गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७०/२०७१ मा २४ पेस्तोलसहित ६६ वटा हतियार बरामद गरिएको प्रहरी तथ्याकमा उल्लेख छ ।