मोरङ/मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित चान्दनी पेट्रोल पम्प नजिकै विहीबार अज्ञात सवारीको ठक्करबाट एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा तत्काल नाम थर वतन खुल्न नसकेकी अन्दाजी ४५ बर्षिया एक महिला रहेकी छिन्। उनलाई बेलुका १० बजेतिर स्थानियले सवारीले ठक्कर दिएर गम्भिर अवस्थामा भेटेपछी उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनको उपचारको क्रममा राती ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। ठक्कर दिने सवारीको खोजी भइरेहको छ।