धरान/बेलायत सेनाबाट अवकास प्राप्त पूर्व गोर्खाहरु संगठित भएका छन् । यो संगठन भित्र मेजरदेखि सिपाही, एएसपीदेखि पिसी हुँदै परिवार अनि सन्तान दरसन्तानसम्म सहभागी हुन सक्ने व्यवस्था गरेको छ । mani-lal-honorable ‘मेजरदेखि सिपाहीसम्म एएसपीदेखि पिसीसम्म, परिवार अनिल सन्तान दरसन्तानसम्म, एकै पङतिमा एकैसाथ पूर्खाको गौरवशाली पहिचान र गाथा जोगाउन’ भन्ने नाराका साथ गठित संस्थाको अध्यक्षमा पूर्व गोर्खा गजेन्द्र इस्बो चयन भएका छन् । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक एकता समाज नामक संगठनमा उपाध्यक्षद्वयमा नरबहादुर थापा र सिंहबहादुर लिम्बू चयन भए । सचिवमा चन्द्रमाया लिम्बू, कोषाध्यक्षमा दानबहादुर राई छन् । यसैगरी सदस्यहरुमा सुवित्रा राई, प्रमिला राई, जहरसिंह लिम्बू, गोपाल राई, सुभम राई, दिनेश राई, प्रदीप राई र देविका राई छन् । समाजलाई प्राविधिक रुपमा सहयोग गर्नको लागि बुद्धिजिवीहरुको समितिसमेत गठन भएको छ । जसमा संयोजक नरबहादुर लिम्बू, सह–संयोजकमा डा. दिलबहादुर हाङस्रोङ, सचिवमा डा. रमेशकुमार इजम छन् । यसैगरी सदस्यहरुमा विशनस्वर राई, कृष्ण राई, मोजेश राई, नितेश राई, देवराज राई, विजय लिम्बू, हेमप्रसाद राई, कमल तिगेला छन् । सम्मेलनमा ९४ वर्षीय ज्येष्ठ नागरिक समाजका आजिवन सदस्य पूर्वआर्मी मनिलाल राईलाई दोसल्ला ओढाई सम्मानित गरिएको समाजका अभियन्ता रमेश राईले जानकारी दिए । कात्तिक १८ गते सैनिक भवनमा समाज संगठित भएको हो ।