भद्रपुर । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि झापा जिल्लामा २ हजार ७ सय ५५ जना म्यादी प्रहरी छनौट गरिएको छ । झापामा म्यादी प्रहरीका लागि ७ हजार ९ सय जनाले आवेदन फराम भरेका थिए । त्यसमध्ये पाँच दिनको छनौटमा महिला ६ सय ९२ र पुरुष २ हजार ६३ जना गरी २ हजार ७ सय ५५ जना छनौट गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ । छनौट भएका म्यादी प्रहरी बुधवारदेखि निर्वाचन सुरक्षा सम्बन्धी २१ दिन तालिम दिइने एसपी केसीले बताए ।