भद्रपुर । जंगली हात्तीको अक्रमणवाट एक जनाको ज्यान गएको छ । झापा भद्रपुरनगरपालिका ९ का ३५ वर्षिय जेके भन्ने दुर्गा बहादुर कटुवालको ज्यान गएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
मंगलवार साँझ हात्ती आएको जानकारी पाएपछि खेदाउन गएका गाउँलेको एक समुहलाइ हात्तीलेनै खेदाएपछि भाग्नेक्रममा साढे सात बजे सुँढले हिर्काएर भद्रपुर १० स्थित सन्थाल बस्तीमा गम्भिर घाइते बनाएको स्थानीय नरेश सञ्जेलले जानकारी दिए । घाइते कटुवाललाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला वन अधिकृत बोधराज सुवेदीले बताए ।
सो क्षेत्रमा चारवटाको संख्यामा पसेका हात्ती चन्द्रगढी वन क्षेत्रतर्फ लागेको स्थानीयले बताएका छन् । हात्तीको निगरानीको लागि जिल्ला प्रहरी र वनका सुरक्षा टोली परिचालन भइरहेको अधिकृत सुवेदीले जानकारी दिए । गाउँमा हात्तीको समुह पसेपछि स्थानीय त्रसित बनेका छन् ।