धनकुटा/ नेपाल भूतपूर्व शैनिक परिवार धनकुटाको पहिलो साधारणसभा सोमवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष क्याप्टेन तिलक सिंह लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभामा ९९ लाख ९ सय ३० रुपैंया बराबरको कारोबार भएको जनाइएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सरोज कुमार जोशीले २०७० साल देखि ०७४ असोज १० गतेम्मको जम्मा ९५ लाख, १६ हजार, १ सय ३६ रुपैंया बराबरको आय–ब्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रमा संस्थाका बरिष्ठ उपाध्यक्ष धनबहादुर खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै धनकुटाको बसपार्कमा नवनिर्मित भवनको चाँडै उत्घाटन गरिने जानकारी दिए । भुतपूर्व शैनिकहरुले आफ्ना भावी सन्तानका लागि आफ्नो संस्थाको भुमिका शसक्त्त बनाउनु पर्ने, सैनिकहरुका परिवारले पाउने सेवा सुबिधामा समस्याहरु आईरहेकाले त्यसलाई सरल रुपमा पाउनको लागि पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा भूतपूर्व शैनिकहरु ब्रिटिसका जगत बहादुर श्रेष्ठ, भारतका भक्त बहादुर भण्डारी,नेपालका ओम प्रकाश अधिकारी र श्याम प्रकाश राईले मन्तब्य राखेका थिए । संस्थामा हाल नेपाल,भारत,बेलायत र सिंगापुरका २ सय २५ भूपू शैनिकहरु आवद्ध रहेको संस्थाका उपाध्यक्ष ईन्द्र बहादुर डंगोलले सो अवसरमा जानकारी दिएका छन् ।

साधरणसभा नेपाल भुतपुर्व सैनिक परिवार संघ धनकुटाका अध्यक्ष जंगुमान राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।