इटहरी । करिव ९ महिना पछि यातायात व्यवस्था कार्यलय कोशीमा खुलेको मोटरसाईकलको सवारी चालक अनुमती पत्र लागि फारम भर्न कुपन लिने हजाराँैको भिडले मुख्य सडक समेत दिनभर जाम गरेको थियो । कुपनलिन सर्वसाधरणले दिनभर सास्ती पाएका थिए । हजारौँको संख्यामा लाईनमा बसेकाहरुको भिडलाई व्यवस्थापन गर्न प्रहरीले लाठी चार्ज नै गरेको थियो । कुपन लिने ठाउँ सम्म पुग्न अगाडि नै ठेलमठेल भएपछि प्रहरी अन्दाधुन्द लाठी चार्ज गरेको थियो । प्रहरीले बल प्रयोग गर्दै लाठी चार्ज गरेपछि लाईनमा बसेका सर्वसाधरणहरुले सास्ती भोग्नु परेको छ । प्रहरीको लाठीले लागेर धेरै लाईनमा बसेका व्यक्तिहरु घाईते समेत भएका छन् । यातायात व्यवस्था कार्यालय कोशीको सवार िचालक अनुमती पत्र वितरण कार्यालयले एक दिनका लागि फर्म भर्न कुपन वितरण गरेको थियो । कुपन लिन राती २ बजेबाट नै लाईन बसेकाहरु विहान प्रहरीको लाठी खानु परेपछि आक्रोशित बनेका थिए । कुपन वितरणको व्यवस्था प्रभावकारी बनाउन नसकेको भन्दै विराटनगर टंकीसिनबाट आएका महेश यादबले कार्यलयको विरोध जनाए । उनले भने जनताले आफ्नो अधिकार सम्म यहाँ प्रयोग गर्ने पाएनन् । राती देखी लाईन बसे पनि व्यवस्थापन राम्रो नहुँदा प्रहरीको कुटाई खानु परेको लाईनमा लागेका विराटचौकमा लक्ष्मी काफ्लेले बताए । उनले भने सर्वसाधरणलाई नियमित रुपमा सवारी चालक अनुमती पत्र नखुलाएको कारण आफुहरु सधै पीडित बन्नु परेको दुखेसो गरे । नियमित रुपमा सवारी चालक अनुमती पत्र खुलाएको भए हामीले यसरी दुःख पाउँनु पर्ने थिएन उनले थपे । लाईनमा लागेर बल्लबल्ल कुपन लिएकाहरु भने कुनै सानो तिनो युद्धनै जितेको जस्तो अनुभुति गरेका थिए । इटहरीका दिनेश दाहालले कुपन लिँदा ठुलै खुसी महसुस भएको बताए । भिड धेरै ठुलो भएको र नियन्त्रणमा लिन धकेलाधकेल समेत हुन पुगेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी संजय राउतले जनाए । उनले भने भिडभाड हुदा समस्या आएको भन्दै करीब ३० हजार मानिसको भिडले सडकनै जाम भयो । सवारी चालक अनुमती पत्र वितरण नियमित रुपमा नहुँदा यो समस्या भएको स्थानियको भनाई छ । यातायात भित्रका कर्मचारी र दलालहरु वीचको कमिसनको कारण अनुमती पत्र वितरण नियमित हुन नसकेको कार्यलय अगाडी भेटिएका गुरु सिग्देलले बताए । उनले भने नियमित किन हुन सकेन ? सरकारले किन मौनता देखायो उनको प्रश्न थियो । हाईवेयमा भिडभाड नगरी कसरी कुपन अर्थात लाईसेन्स वितरण गर्ने भन्ने विषयमा नागरीक समाज इटहरीले समेत कोशी अञ्चल लाईसेन्स कार्यलयलाई ध्यान आर्कषण समेत गराएको छ । सर्वसाधरणलाई सास्ती नगरी वितरण प्रणाली अगाडी बढाउँन नागरीक समाज इटहरीले आग्रह समेत गरेको नागरीक समाज इटहरीका अध्यक्ष कमलेश पौडेलले वताए । उनी सहित पदाधिकारी समेत गई अनुरोध गरेका थिए । यता, यातायात कार्यालयका प्रमुख श्याम कुमार सिंह धेरै पछि फारम खुलेकाले भिड बढेको वताए । लाईनमा लागेका सवै व्यक्तिहरुलाई कुपन दिने गरी व्यवस्थापन मिलाईएको प्रमुख सिंहले जानकारी दिए । हजारौ सर्वसाधरणहरुले लाईसेन्सको फारम भर्ने आउँदा कार्यलयमा केहि असहज समेत भएको वताउँदै सडकनै जाम भएको स्वीकार गरेका थिए ।