धरान/जल्पादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार पाँचौं साधारण सभा सम्पन्न गरेको छ ।
[caption id="attachment_58813" align="alignnone" width="979"]
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
संस्थाले ४८ लाख ३८ हजार १३५ रुपैया कारोबार गर्न सफल भएको छ । संस्थाले खुद सञ्चालन मुनाफा २ लाख ४४ हजार ५७८ रुपैया गरेको अध्यक्ष विशाल श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा बताए । हाल संस्थामा शेयर पूँजी ८२ लाख ९ हजार ५० रुपैया रहेको उनले बताए । संस्थाले यो वर्षबाट सेयर सदस्यहरुलाई मुनाफासमेत वितरण गर्न सफल भएको जनाइएको छ ।
कार्यक्रममा संस्थापक सेयर सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ भने सहकारीका संकलक, कर्मचारी, प्रबन्धकलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रम सञ्चालक शरदरत्न पार्थिवले बताए । कार्यक्रममा जिल्ला वचत तथा सहकारी संघ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्धक सुमन श्रेष्ठ, नेपाः बहुद्देश्य सहकारी संस्था लिमिटेड इटहरीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, संस्थाका संरक्षक राजेशमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।