काँकरभिट्टा/ सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म काँकरभिट्टाका डिएसपी नवराज थापा र वरिष्ठ हवल्दार खगेन्द्र भण्डारी आवश्यक अनुसन्धानका लागि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल तानिएका छन् ।

नाकामा व्यापारीसंग अवैध रुपमा डिएसपी थापाको सहयोगमा रकम असुली गर्दै आएको भन्ने समाचार प्रकाशन भएपछि अनुसन्धानका लागि उनीहरुलाई बाहिनी तानिएको डिआइजी जानकीराज भट्टराईले जानकारी दिए । पूर्वी सीमा नाका काँकरभिट्टामा तैनाथ सशस्त्रका प्रमुखको सेटिङमा घुमुवा परिचालन गरी काकँरभिट्टा संवाददाता सञ्चारकर्मी खगेन्द्र घिमिरेलाई पैसाको प्रलोभन देखाएर खबर ढाकछोप गर्न खोजिएको समाचार प्रशारण भएको थियो ।

त्यस लगत्तै पूर्व क्षेत्र तानिएका डिएसपी थापा र घुमुवाका कमाण्डर वरिष्ठ हवल्दार भण्डारी घटनाका विषयमा छखबर ढाकछोप गर्न खोजिएको समाचार प्रकाशन भएको थियो । त्यस लगत्तै पूर्व क्षेत्र तानिएका डिएसपी थापा र घुमुवाका कमाण्डर वरिष्ठ हवल्दार भण्डारीसंग सो घटनाका विषयमा छानविनका गर्न सशस्त्र प्रहरी बल औद्योगिक तथा राजश्व सुरक्षा गण सलकपुरका एसपी गुणराज खनालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

उक्त समितिले तयार गरेको प्रतिवेदनका आधारमा थप कार्वाही प्रक्रिया अघि बढाइने डिआइजी भट्टराईले बताए ।