तेह्रथुम/ भरुवा बन्दुक पड्काउदा आठराईमा एक जना घाइते भएका छन् । आठराई गाउँपालिका–४ ईवाका सूर्य तामाङको गोठमा बन्दुक पड्काउदाँ ईवा निवासी एकनाथ पुलामी मगर घाइते भएका हुन् । घाइते मगरलाई उपचारका लागि झापाको विर्तामोडमा लगिएको छ । घटना स्थलमा पुगेको प्रहरीले तामाङको बारीमा अबैध भरुवा बन्दुक फेला पारेको छ । घटनाको थप अनुसन्धानका लागि तामाङलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । गुरुङको गाई गोठमा बन्दुक पड्काउदा घाइते मगरको दायाँ हात लगायत शरीरका विभिन्न भागमा छर्राहरु लागेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले बताए ।