भद्रपुर । सिर्जनात्मक कृषि सहकारी संस्था लि. भद्रपुर १० चैतुवारीको एघारौ वार्षिक साधारण सभा शनिवार सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष विष्णु प्रसाद काफ्लेको सभापतित्व तथा जिल्ला समन्वय समिति झापाका उप प्रमुख मिना पराजुलीको प्रमुख आतित्थ्यमा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा अध्यक्ष काफ्लेले संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत् गरेका थिए भने कार्यक्रममा कोषाध्यक्ष रमेश कुमार न्यौपानेले हालसम्म २ सय ९९ शेयर सदस्यवाट १० लाख ५१ हजार ६ सय शेयर पूँजी रहेको जानकारी गराएका थिए । आ.व.०७३।७४मा २९ लाख १३ हजार ८२ रुपैया आठ पैसा आम्दानीवाट खर्च कटाएर ३ लाख ९३ हजार २ सय ३९ रुपैया दुइ पैसा नाफा गरेको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
संस्थाले उत्कृष्ट वचत र ऋणिमा क्रमश भद्रपुर १० का कमला देवी आचार्य र गोमा अधिकारीलाई प्रशसां पत्रले सम्मान गरेको थियो भने पूर्व संचालकहरु शुसीला गुराँगाइ र राजन कोइरालालाई उत्कृष्ठ कार्य गरे वापत मायाको चिनो प्रदान गरेको थियो ।
सस्थाका सचिव चुरेन्द्र कठायतले संचालन गरेको कार्यक्रममा निजामति कर्मचारीहरुको आधिकारी ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाई, नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष इश्वर अधिकारी, संस्थाका पुर्व अध्यक्ष देवि घिमिरे, मेट लाइफ इन्शुरेन्सका केशव भुर्तेल लगायतले शुभकामना मन्त्व्य राखेको कार्यक्रममा उपाध्यक्ष लाल बहादुर चाहारले स्वागत गरेका थिए ।