काकँरभिट्टा/काकँरभिट्टा राजश्व चुहावट नियन्त्रण र सुरक्षा चेकजाँचका लागि खटाइएका शसस्त्र प्रहरी नै खुलेआम रुपमा अवैध रकम असुलीमा मस्त बनेका छन् ।

नेपालको पूर्वी सीमा नाका झापाको काँकरभिट्टास्थित शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मबाट खटिएका प्रहरीले खुलेआम अवैध रकम असुली गर्दै आएका हुन् ।  राजश्व चुहावट नियन्त्रण र सुरक्षा जाँचका लागि सरकारले खडा गरेको चेकपोष्टलाई सशस्त्र प्रहरीले अवैध रकम असुल गर्ने अखडा बनाउँदै आएका छन् ।

सशस्त्रको मिलेमतोमा अवैध रकम असुल गर्ने गरिएको सूचना बाहिर आएपछि खबर ढाकछोप गन काकँरभिट्टा झापा काकँरभिट्टा संचारकर्मी खगेन्द्र घिमिरेलाई पैसाको प्रलोभनमा पार्न गुल्मका डिएसपी नवराज थापाले  आफ्ना घुमुवा वरिष्ठ हवल्दार खगेन्द्र भण्डारीलाई परिचालन गरेको रहस्य सार्वजनिक भएको छ ।

भर्खरै गएको चाडपर्वको खर्च भन्दै पत्रकार घिमिरेलाई पैसा दिन भन्दै घुमुवा भण्डारी घिमिरे कार्यरत् कार्यकक्षमा पुगेका थिए । खाममा हालिएको पैसा लिन पटक पटक दवाब दिईएता पनि अवैध असुलीको समाचार रोक्न आफूलाई घुमुवा प्रयोग गरिएको पत्तो पाएपछि पत्रकार घिमिरेले त्यो अस्विकार गरेका थिए । घिमिरेलाई भेट्न गएका घुमुवा भण्डारीले रकम लिन भनेको दृश्य सिसि क्यामेरामा कैद गरिएको छ ।

आफ्ना गलत धन्दा बाहिर आउने त्रासका कारण कर्तुत लुकाउन गुल्मपति थापाले आफू विरुद्ध समाचार लेख्ने पत्रकारहरुलाई को व्यक्ति प्रयोग गर्दा घटना निस्तेज पार्न सकिन्छ भनेर अनेकन रणनीति बनाउने गरेको रहस्य खुलेको छ ।  सशस्त्रले छोडेका घुमुवा मध्येका कमाण्डर वरिष्ठ हवल्दार भण्डारीले सर्वसाधारण तथा पोके व्यापारीसंग अवैध रुपमा मासिक मोटो रकम असुलेर डिएसपी थापालाई बुझाउने गरेका छन् ।

चाडपर्वको खर्चका नाममा खामबन्दी गरी घुमुवामार्फत पठाइएको रकम बारे फोनबाट जिज्ञासा राख्दा डिएसपी थापा धेरैबेर अनकनाउँदै त्यो बारे आफूलाई थाहा नभएको भन्दै त्यस विषयमा बसेरै कुरा गर्न सञ्चारकर्मी घिमिरेलाई आग्रह गरेका थिए ।  काँकरभिट्टास्थित मेची पुल, भन्सार गेट र जोरसिमलमा खडा गरिएको चेकपोष्टमा सामान चेक जाँचका नाममा प्रहरीले सर्वसाधारण र पोके ब्यापारीसँग मनपरी रकम असुलेर छोडीदिने गरेको पोके व्यापारीहरु बताउँछन् ।

यसरी मासिक रकम बुझाउने एक सय भन्दा बढी व्यापारीको समूह काँकरभिट्टा नाकामा रहेको छ । यस्तो रकम असुल्न सो गुल्मबाट भण्डारीको नेतृत्वमा सादा पोशाकमा चार जना घुमुवा खटिँदै आएका छन् । राजश्व चुहावट नियन्त्रण तथा सुरक्षा निगरानीका लागि भन्सार गेट आसपासमा सिसी क्यामेरा राखिए पनि ती क्यामेराको धज्जी उडाउँदै सडकमा परिचालित सशस्त्रले प्रति ब्यक्ति २०/३० रुपैयाँ उठाउँछन् भने मोटो रकम उठाउन डिएसपी थापाले घुमुवालाई अह्राउने गरेका छन् ।

सीमा नाकामा खटिएका सशस्त्र प्रहरी मात्र होइन मेची भन्सारका कर्मचारी र नेपाल प्रहरी समेत पैसा असुल्न उत्तिकै खप्पिस छन् । राजश्व चुहावट नियन्त्रण र सुरक्षा चेकजाँचका नाममा  अवैध रकम असुल गर्ने यो परिपाटी नयाँ भने होइन । यस विषयका समाचार पटक पटक प्रकाशन-प्रशारण भएपनि यसलाई नियन्त्रण गर्ने नियमनकारी निकाय भने निकम्मा झैं बनेको छ ।

नोट : सम्पर्क गर्नका लागी (नवराज थापा–डिएसपी, शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म, कांकरभिट्टा–(९८५१२७२२२१, ९८४५०३९२०७)