भद्रपुर । झापाको बिर्तामोडमा नेपाली सेना परिचालन गरिएको छ । विर्तामोड तनावग्रस्त भएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले गहृ मन्त्रालयसँग अनुमति माग लिएर बिर्तामोडमा सेना परिचालन गरेको हो ।

शुक्रवार दिनभर बिर्तामोडमा प्रर्दशनकारी र प्रहरीबिच झडप भएपछि घटना साम्य बनाउन झापाले प्रशासनले दिउँसो साढे १ बजेदेखि कफर्यु लगाएको छ । कफर्यु लगाएसँगै झापा प्रशासनले राती बिर्तामोड आसपासका क्षेत्रमा सेना परिचालन गरिएको प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । कफ्र्यु आसपासको क्षेत्रमा प्रहरीले गस्ती गरिरहेको छ । पूर्व पश्चिम राजमार्ग पर्ने भएकोले सवारीसाधनलाई सुरक्षित गन्तव्य तर्फ पुराउन प्रहरीले पेटोलिङ्ग गरिरहेको डिएसपी बस्नेतले बताए । बिर्तामोडमा भएको घटनाको बिषयलाई लिएर अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा झापामा सुरक्षा समितिको बैठक जारी छ । बैठकमा झापा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी प्रमुखहरुको सहभागिता रहेको जनाइएको छ । यता बिर्तामोडमा प्रहरीको गोली लागेर झापा अर्जुनधारा ११ बस्ने ३० बर्षिय नरेश थापाको मृत्यु भइसकेको छ भने अन्य छ जनाको उपचार भइरहेको छ । अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्यु नभई हत्या भएको भन्दै शुक्रबार आफन्त र स्थानीयबासी शान्तिपूर्ण आन्दोलनमा उत्रेका थिए । प्रदर्शनकारी र प्रहरीबिच झडपको स्थिति आएपछि प्रहरीले अश्रुग्यास तथा गोली प्रहार गरेको थियो ।