विर्तामोड । झापाको बिर्तामोडमा प्रहरी र प्रर्दशनकारी बिच भएको घटनाको बिषयमा एमाले झापाले आपत्ती जनाएको छ । घटना एमालेका नेता तथा जनप्रतिनिधि माथि केन्द्रित रहेको भन्दै एमाले झापाले कडा आपत्ती जनाएको हो । एमालेको प्रेस विज्ञप्ति
प्रेस बिज्ञप्ति मिति २०७४ कार्तिक १० गते झापा, अर्जुनधारा ११ निबासी बालक लक्ष्मण शिबाकोटीको मृत्युको बिषयलाई लिएर भएको प्रदर्शन र आन्दोलनका क्रममा भएको अप्रीय घटना र बालकको मृत्युको बारेमा स्थानीयबासीले गरेको शान्तिपूर्ण दबाबमुलक आन्दोलनमा प्रहरीले दमन गरी गोलीसम्म हानी हत्या गर्ने र सर्बसाधारणलाई घाइते बनाएकोमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी बालक लक्ष्मण शिबाकोटीको मृत्युका बारेमा छानबीन गरी दोशीलाई कानुनको दायरामा ल्याउने पक्षमा सुरुदेखि नै लागीरहेको छ । र, आज पनि शिबाकोटी परिबारले न्याय पाउनु पर्दछ भन्ने पक्षमा रहेको स्प्रष्ट पार्न चाहन्छौं । यसैक्रममा बिर्तामोड नगरपालिकाका मेयर धु्रबकुमार शिबाकोटीको घरमा आक्रमण गर्नेदेखि गाडी तोडफोड गर्ने, मोटरसाइकलमा आगजनी गर्ने, पूर्व सांसद् प्रेमबहादुर गिरीको मोटरसाइकल तोडफोड गर्ने, बिर्तामोड नगरपालिका बोर्ड सदस्य सुरेन राजबंशीको घरमा तोडफोड गर्ने, पार्टीका कार्यकर्ता नारायण चिमरिया लगायतलाई आक्रमण गर्ने र मनमोहन अस्पतालमा तोडफोड गर्ने जस्ता कार्य भएकोमा निन्दा गर्दछौं । यसरी हाम्रो पार्टीका नेता कार्यकर्ता र जन प्रतिनिधीसम्म लाई लक्षित गरी आक्रमण र तोडफोड गरिनु नियोजित कदम र गलत कार्य हो भन्ने हाम्रो ठहर छ । यसरी नियोजितरुपमा गरिएको आक्रमण र तोडफोडसंगै प्रदर्शनकारी माथि गोली चलाउने अबस्था आउनु सरकार बिहीनताको पराकाष्ठा हो । चुनाबको सन्मुखमा यसरी स्थितीलाई भड्काउने खेल जो सुकैबाट भएको भए पनि यो गलत हो । सर्बसाधारणले न्याय माग गर्दा न्याय नदिने उल्टै जुलुस र प्रदर्शन माथि अन्धाधुन्ध गोली बर्साउनु सरकारको लाचारिपन हो । तसर्थ बालकको मृत्युको बारेमा सत्य तथ्य छानबीन गर्न र नेकपा एमालेका नेता कार्यकर्ता र जन प्रतिनिधीमाथि नियोजितरुपमा आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दछौ । साथै घटनामा परी मृत्युबरण गरेकाहरुलाई क्षतिपूर्ती सहित प्रदर्शनका क्रममा भएका घाइतेहरुलाई उपचारको माग र तोडफोड भएको सम्पत्तिको उचित क्षतिपूर्ती सहित समग्र घटनाको छानबीन गर्न सरकार समक्ष जोडदार माग समेत गर्दछौं ।
शिव ढुंगेल
कार्यालय सचिब नेकपा एमाले झापा
यता बिर्तामोडमा गोली चलाउने आदेश दिने प्रहरीलाई तत्काल कारबाहीको माग गर्दै माओवादी केन्द्र झापाले विज्ञप्ति जारी गरेको छ । शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले गरेको दमन घटनाको तत्काल नियायिक छानविन गर्ने केन्द्रले जारीको विज्ञप्तिमा उल्लेख छ । निर्दोश जनता प्रति निर्ममतापूर्वक गोली चलाउन आदेश दिने प्रहरीलाई तत्काल निलम्बन गरी कडा कारवाही हुनुपर्ने केन्द्रका जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग विजयले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । केन्द्रले जारी गरेको विज्ञप्तिसहित