तेह्रथुम । महालेखा परीक्षकको कार्यालय डोरमुकाम तेह्रथुमले जिल्लामा सञ्चालित योजनाहरुमा अनियमितता भए जानकारी दिन अनुरोध गरेको छ ।
डोरमुकाम तेह्रथुमले म्याङलुङ्गमा एक सूचना प्रकाशित गर्दै योजनाहरुमा अनियमितता भए लिखित जानकारी दिन अनुरोध गरेको हो । जिल्ला स्थित जुनसुकै सरकारी कार्यालय तथा स्थानीय तहका कार्यहरु तथा सञ्चालित योजनाहरुमा भएका वित्तिय अनियमितताको बारेमा जानकारी दिन निर्देशक तथा टोली प्रमुख मदन कृष्ण श्रेष्ठले अनुरोध गरेका छन । लेखापरीक्षणको टोली म्याङलुङ्ग गेष्टहाउसमा वस्ने भएकाले विहान बेलुका पनि भेटेर लिखित जानकारी दिन सकिने प्रमुख श्रेष्ठले बताए । उजुरी दिने ब्यक्तिको नाम गोप्य राखिने उनकोे भनाई छ । जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालय साविकका स्थानीय निकाय तथा स्थानीय तहको आर्थिक वर्ष ०७३÷०७४ को लेखापरीक्षण गर्नका लागि महालेखा परीक्षकको टोली तेह्रथुम आएको छ । टोली तेह्रथुममा एक साता भन्दा बढी रहने छ ।