इटहरी/नागरिक समाज इटहरी भेलामा विभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको छ । इटहरीमा आयोजना गरिएको भेलामा सम्मान गरिएको हो ।
लामो समय देखि सामाजिक संघ संस्था रही सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै चार जना समाजसेवीहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा विराटनगरका समाजसेवी तोरेन्द्रबहादुर सिँह प्रधान धरानकी समाजसेवी श्रीमती सरला कायस्थ इटहरीका समाजसेवी प्रो. डा. बद्रीविशाल पोख्रेल र विर्तामोडकी समाजसेवी कोपिला खड्का बस्नेतलाई सम्मान गरिएको थियो ।
भेलमा नागरिक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल, नागरिक समाजका पुर्व अध्यक्ष राजेश श्रेष्ठ,बोधराज नेपाल महासचिव सन्तबहादुर डुम्जन लगायतले सम्मान गरेका थिए । समाजका बरिष्ठ उपाध्यक्ष दिनेश रसाइली, पूर्व अध्यक्ष बोधराज समाजले गरेका गतिविधीको बारेमा जानकारी गराएका थिए ।
संस्थाका महासचिव सन्तबहादुर डुम्जन आर्थिक प्रतिबेदन पेश गरेका थिए ।