इटहरी /सामुदायिक मेलमिलाप सम्वन्धी बजारीकरण कार्यक्रम भएको छ । सेलर्ड सुनसरीकाे आयोजना तथा दुहबी नगरपालिका तथा सोनापुर वडा कार्यलयको संयोजनमा शुक्रबार सो कार्यक्रम भएको हो ।
दुहबी नगरपालिकाका प्रमुख बेदकुमार गच्छादारको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममासेर्लड सुनसरी जिल्ला संयोजक बिरेन्द्र बहादुर बस्नेतले कार्यक्रमबारे जानकारी गराएका थिए । बिपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुच पु¥याउने उदेश्यले सो कार्यक्रम गरिएको हो ।
मेलमिलाप केन्द्रबाट लक्षित समुदायको सम्बन्ध सुधार आर्थिक भार कम गर्नका लागि सो कार्यक्रमले सहयोग पुग्ने सहभागी वक्ताहरुले बताए । अदालती प्रक्रिया लामो झन्झटिलो तथा एक पक्षीय हुने तर सामुदायीक मेलमिलाप कार्यक्रम दुबै पक्षको हितमा आधारीत हुने सेलर्ड सुसनरी संयोजक बस्नेतले बताए ।
मुस्लीम समुदायको बाहुल्यता रहेको उक्त स्थानमा सामुदायीक मेलमिलाप केन्द्र स्थापना भएयता सामान्य प्रबृत्तिका विवादहरु समुदायमानै समाधान हुन थालेको दुहबी वार्ड नं ८ का अध्यक्ष तारिकलाल सदाले बताए । कार्यक्रममा स्थानीय बुद्धीजिवी, रानैतिक दलका प्रतिनिधि , पत्रकार हरुको उपस्थििति रहेको थियो ।