तरहरा/ नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा आवश्यक सामाग्री किनमेल गर्नेको चहल पहल बढ्न थालेको छ । तर नेपाली बजारमा भन्दा भारतीय बजारमा बढि भिड लाग्न थालेको व्यापारीहरु नै बताउँछन् । तिहारका लागि अत्यावश्यक समाग्री खरिदका लागि बजारमा चहल पहल सुरु भएको छ । सर्वसारधणहरुको किनमेलका लागि भिड लाग्न थालेको छ ।

सर्वसारधणहरु नेपाली बजारमा भन्दा भारतिय बजारमा बढि जाने गरेको नेपाली व्यापारीहरु बताउँछन् । भारतीय बजारमा चिनिको मुल्यले नेपाली बजार सुस्ताउन थालेको व्यापारीहरुको भनाई छ । नेपाली बजारमा भन्दा भारतीय बजारमा चिनिको मुल्यमा प्रति केजी १० रुपैँयाकै फरक पर्ने भएकाले चिनिको कारणले सवै नेपालीहरु भारतिय बजार जाने गरेको इटहरीका व्यापारी सुवास साह बताउँछन् । नेपाली बजारमा एक केजी चिनीको बजार मुल्य ८४ रुपैँया पर्दछ । तर भारतीय बजारमा प्रति केजी १० रुपैयाँ सस्तो पर्ने गरेको छ ।

विशेष गरी तिहारमा अति आवश्यक बस्तुको रुपमा चिनि र तेल रहने गर्दछ ।तिहारको परिकार सेल पकाउने चिनी भारतीय बजारमा सस्तो भएकाले नेपाली उपभोक्ताहरु त्यस तर्फ लागेका हुन् । एउटा खाद्य वस्तु चिनीकै कारण मानिसहरु उतै गएर अन्य सवै सामान खरिद गरौँ भन्दै जाने गरेको व्यापारीहरु बताउँछन् । बढि खपत हुने र बजारको ठुलो हिस्सा चिनीको विक्रीले हुने भएकाले ठुलो असर गरेको व्यापारीहरुको भनाई छ । यो समयमा दुवै बजारमा चिनीको मुल्यमा एक रुपता ल्याउनुपर्ने इटहरीका खुद्रा ब्यापारी रविन न्यौपानेको माग छ ।

नेपाली उपभोक्ताले भारतबाट सामान आयात गर्दा ठुलो रकम बाहिरीएको छ । भारतीय बजारबाट आयात गर्दा बढि मुल्य पर्ने र ढुवानी खर्च पनि हुने भएकाले नेपाली बजारमा चिनीको मुल्य बढि भएको व्यापारीहरुको भनाई छ । तर नेपाली बजारमा मुल्यको तरलता बढि हुने गर्दछ । पसल पछि नै मुल्यमा फरक भए पनि अनुगमन पनि आर्थिक प्रलोभनकै कारणले गर्ने, कैफियत भेटिए पनि कारबाही नहुने गरेको इटहरीका स्थानीय उपभोक्ता केदार उप्रेती वताउँछन ।

तिहारका लागि आवश्यक बस्तु चिनीको मुल्यकै कारण समग्र नेपाली बजार प्रभावित बन्दै गएको छ । सर्वसाधरणले सास्ती पाउने र नेपाली मुद्रा भारत जान बाट रोक्नका लागि सम्बन्धित सरोकारवालाले चासो दिन आवश्यक छ । साथै बजारमा हुने फरक मुल्य गर्ने ब्यापारीहरुलाई अनुगमन गरी कार्वार्ही गर्ने उपभोक्ताहरुको माग छ ।