भद्रपुर । सीमावर्ती बजार क्षेत्रमा हुने गरेको श्रृखंलावद्ध चोरीका सरसामानहरु भारतको ठाकुरगञ्जमा लगेर बेच्ने गरेको पाइएको छ । झापाको भद्रपुर र भारतको गलगलिया आसपास बस्ने गिरोहमा आवद्धमा केही युवाहरुलाइ प्रहरीले पक्राउ गरे पश्चात गरिएको अनुसन्धानवाट यस्तो पाइएको हो । चोरी घटनामा संम्लग्न केहि भारतीय युवकलाई चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले भारतको किशनगञ्ज जिल्लास्थित भातगाँउ ग्राम पश्चायत (गलगलिया)का २२ बर्षिय मोहम्मद सद्धाम र २३ बर्षिय संञ्जित सहनी र असोज १९ गते भद्रपुर ६ भानुनगरस्थित कमला उपाध्यायको घरबाट सुन, चाँदी र नगद चोरी गरी भाग्दै गरेको अवस्थामा वडा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चोर प्रहरी फन्दामा परेपछि उनीहरुले गिरोहमा आवद्ध केही युवाहरुको नाम बयानमा दिएका र सामान भारतमा बेच्ने गरेको बताएका थिए । प्रहरीले उनीहरुको बयानको आधारमा चोरी घटनामा संलग्न भद्रपुरका एक युवकलाई पनि पक्राउ गरेको छ । भद्रपुर ३ स्थित आँपगाछी बस्ने २२ बर्षिय पूर्ण विश्वकर्मा भन्ने कान्छालाई पक्राउ गरेको हो । साथी पक्राउ परेपछि गलगलियामा गएर लुकेर बसेका विश्वकर्मालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । विश्वकर्तालाई गलगलिया प्रहरी थानाबाट लिएर आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । प्रहरीले उनीहरु माथि अनुसंन्धान गरिरहेको छ । उनीहरुको गिरोहमा अरु पनि केही युवक संम्लग्न रहेको अनुसंन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनीहरु माथि सोधपुछ जारी छ, प्रहरीलाई दिएको नामको आधारमा युवकहरुको खोजी कार्य भइरहेको डिएसपी बस्नेतले बताए । भारतमा रहेका युवकलाई पक्राउ गर्न भारतीय प्रहरीसंग पनि सहकार्य भइरहेको उनले बताए । तीनै जनालाई चोरी सम्बन्धी मुद्धा दर्ता भइसकेको प्रहरीले जनाएको छ । महिना दिनअघि भद्रपुर ६ नेपाल बैक अगाडी वृजकिशोर गुप्ताको घरबाट साढे तीन लाख बढीको धनमाल चोरी भएको थियो । गुप्ताको घरबाट ६ तोला सुन, २ किलोचाँदीका गरगहना, एउटा एलइडीटिभी र नगद ५ हजार चोरी भएको थियो । त्यस्तै सोही दिन राती भानुनगरमा एकै पटक चार वटा घरमा चोरी भएको थियो । त्यसैगरी केही दिन अघि भद्रपुरमा दिउसै एउटा मोटरसाइकल बिच बजारबाटै चोरी भएको थियो । भद्रपुर ५ निवासी पुण्यप्रसाद रिजालको मे ५ प ३२६३ नम्बरको होण्डा कम्पनीको कालो रंग साइन मोटरसाइकल चोरी भएको थियो । त्यस भन्दा अघि हस्पिटल चोकमा एकै पटक चार पसलमा चोरी भएको थियो । क्याम्पसमोडमा दुई घरमा लाखौ चोरी भएको विगतको घटना छ । सोही क्षेत्रमा झ्यालबाट मोवाईल, पर्स चोरी हुने गरेपछि स्थानीय त्रसिद बनेका थिए । बजार क्षेत्रका मन्दिरमा भगवानका मुर्ति तथा गरगहना पनि चोरी भएको घट्नाहरु सार्वजानिक भइसकेका छन् ।