भद्रपुर । ६२ औं प्रहरी दिवसको अवसरमा झापामा विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । ‘शान्ति,सुरक्षा ,सुशासन ,जनमैत्री प्रहरी र प्रशासन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ संघीय प्रहरी इकाई कार्यालय चन्द्रगढीले शुक्रवार विहान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथी झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अमर प्रहरीको स्मारकमा पुष्पगुच्छा अर्पण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा वर्षभरी उत्कृष्ठ कार्य गरेका प्रहरी कर्मचारी विज्ञान वस्नेत,कुन्दन देव,प्रकाश श्रेष्ठ,युवराज राइ,ज्ञानेन्द्र बहादुर कार्की, रविन्द्र खनिया लगायतलाइ पुरस्कृत गरिएको थियो भने प्रहरी सन्ततीको तर्फवाट अञ्चल भरी मध्येवाट ०७३ को एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याएका दिपेन्द्र कटुवाललाइ समेत पुरस्कृत गरिएको थियो । गौरीगञ्ज गाउपालिकमा रहेको कुञ्जीवारी प्रहरी चौकीलाइ जग्गा दिने गोविन्द कुवँर र श्रवण यादव,मेचीनगरपालिकाको वाहुण्डागी प्रहरी चौकीलाइ जग्गा प्रदान गर्ने अशोक कुमार प्रधान र अनुप कार्की, सतिघट्टा चौकीलाई जग्गा दिने राजकुमार ओली,घेरावारी चौकीलाइ दुर्गाप्रसाद भण्डारी र हल्दीवारीलाइ सुरेन्द्र मैनाली,यमा देवी श्रेष्ठ र सुर्य बहादुर श्रेष्ठले झापामा रहेका प्रहरी चौकीलाइ निःशुल्क जग्गा उपलब्ध गराएको भन्दै कदर पत्र प्रदान गरिएको थियो । त्यसैगरि प्रहरीलाइ विभिन्न समयमा विभिन्न प्रकारले सहयोग पुर्याउने दिपक नेपाल,लक्ष्मी गौतम,शंकर थापा,डिल्लीराम घिमिरे,ललित तामाङ् लगायत १४ जनालाइ सम्मान पत्र प्रदान गरिएको थियो । प्रहरी दिवसको उपलक्ष्यमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगितामा सफल भएका व्याडमिन्टन तर्फ प्रथम हुने उजिर बुढाथोकि र खम्ब बहादुर राइ,दोस्रो हुने इन्द्र योङहाङ र भुवन कार्कीलाइ पुरस्कृत गरिएको थियो । लामोदौडमा पुरुष तर्फ प्रथम,द्धितिय र त्रितिय हुने क्रमश राजु विष्ट,चन्द्र बहादुर खडका र नर बहादुर आलेमगर साथै महिला तर्फ क्रमश मीन कुमारी शेर्मा,देवका अधिकारी र सजिना भारतीलाइ पुरस्कार प्रदान गरिएको थियो । प्रजिअ तिवारीको प्रमुख आतिथ्य तथा संघीय प्रहरी इकाइ चन्द्रगढीका कार्याालय प्रमुख एसएसपी पिताम्बर अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा अमर तथा बीर प्रहरीका परिवारलाइ खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा पुर्व प्रहरी संगठनका केन्द्रिय उपाध्यक्ष खडग बहादुर खडका,भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठले वोलेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले स्वागत गरेको कार्यक्रममा पुर्व प्रहरी, अमर तथा बीर प्रहरीका परिवार,विभिन्न संंघसंस्था,सामुदायीक प्रहरी सेवा केन्द्र,कर्मचारी तथा पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममको सञ्चालन डिएसपी सुमन कुमार तिम्सिनाले गरेका थिए ।