काठमाडौं/ सामाजिक सञ्जालमार्फत आफूलाई नेपाली कलाकार पल शाह हुँ भन्दै नक्कली फेसबुकमा साथी बनाउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
विगत लामो समयदेखि कलाकार पल शाहको नाममा कहिले भूकम्पपीडित राहत कोष सञ्चालन गर्न तथा कहिले आमा बिरामी भएको बाहानामा ठगी गर्ने मोरङ वीराटनगर ४ घर भएका अमोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न बाहनामा पैसा ठगी गर्नेगरेको भन्ने सूचनाका आधारमा भट्टराईलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भट्टराईलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।