शनिश्चरे/वक्राहा खोला नियन्त्रणका लागि सरकारले मोरङको मिक्लोजोङ गाउँपालिका र उर्लाबारी क्षेत्रमा यसवर्ष २२ करोड हाराहारी रकम विनियोजन गरेको छ ।
बक्राहा खोला नियन्त्रणका लागि यसै आर्थिक बर्षमा २१ करोड ९९ लाख ३० हजार ?पैयाँ बिनियोजन भएको बक्राहा खोला नियन्त्रण दबाब समुहका संयोजक मानबहादुर श्रेष्ठले बताए । त्यसैगरी साविक जाँते–९ तेली खोलामा खोला नियन्त्रण गर्न १० लाख, उर्लाबारी – १ को लक्ष्मीझारमा खानेपानीको सर्वे डिजाइनका लागि १० लाख रूपैयाँ बिनियोजन भएको छ ।
मिक्लाजुङ–६ खाकरबारी लालमाटी खानेपानीको सर्वे डिजाइनका लागि ३ लाख रूपैयाँ, मिक्लाजुङ–२ को साखरे पहिरो नियन्त्रणका लागि ५ लाख, जाति फुला पहिरो नियन्त्रणको लागि ५ लाख, बाँसबीरे पहिरो नियन्त्रणका लागि ५ लाख रूपैयाँ विनियोजन भएको छ । त्यस्तै मिक्लाजुङ–१ को धेमे पहिरो नियन्त्रणका लागि ५ लाख, देवालीटार पहिरो नियन्त्रणका लागि ५ लाख, सफेवा मिक्लु खोला तटबन्धका लागि ५ लाख रूपैयाँ छुट्टिएको छ ।
मिक्लाजुङको बर्राबोटे पहिरो रोकथामका लागि ५ लाख, सोल्टीखोला तटबन्धका लागि ५ लाख रकम छुट्टिएको संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।