संखुवासभा/संखुवासभाको खाँदबारी नगरपालिका–१ मा सालनालसहित भर्खरै जन्मिएको बेवारिसे शिशु भेटिएको छ । बिहीबार बिहान खाँदबारीको फूलपाति चोक नजिकै खेतको गह्रामा स्थानीय बासिन्दाले शिशुलाई जीवितै भेटेका हुन् । जीवितै शिशु भेटेपछि परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शिशुको उद्धार गरेको छ । शिशुको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको डाक्टरले जनाएका छन् । शिशुलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । शिशु जन्माएर बेवारिसे छाडेकी सुत्केरी आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालाेअनलाइन