भद्रपुर ।आन्दोलित बनेका निर्माण व्यवसायी संघ झापाले हत्या–प्रकरणमा सम्लंग्न अपराधीलाई कडा कारवाहीको माग राख्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेको घटनामा सम्लंग्न व्यक्तिको पहिचान गरी कडा कारवाहीको माग राख्दै संघमा आवद्ध पदाधिकारीसहितको टोलीले जिल्ला प्रशासन कार्यालय झापा मार्फत गृह मन्त्रलायलाई ज्ञापनपत्र पठाएको हो ।
निर्माण व्यवसायी संघ झापा अध्यक्ष मिलन बस्नेतले झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझदै प्रजिअ तिवारीले अध्यक्ष गौचन हत्या प्रकरणमा सम्लग्न व्यक्तिहरुको गहृ मन्त्रलायले अनुसंन्धान सुरु गरिसकेको जानकारी गिराए । जिल्लामा निर्माण व्यवसायीहरुको सुरक्षाका लागि झापाको प्रहरी, प्रशासन साथमा रहेको बताए । कुनै किसिमले असुरक्षाको महशुस भएमा ततकाल जानकारी गराइदिन अनुरोध गर्दै सुरक्षामा कुनै कन्जुञ्याँइ नहुने उनले आश्वासन दिएका थिए ।
राजधानीको व्यस्त सहरमा दिनदहाडै अध्यक्ष गौचन माथि सांघातिक हमलाले राज्यको सुरक्षा प्रशासन फितलोपन भएको पुष्टि गर्दै घट्ना प्रकृति बुझदा सुनियोजित र संगठित रुपमा गराइएको निर्माण व्यवसायी संघ झापाको ठहर रहेको महासचिव ओम पौडेलले बताए । घटनाको गहिरो छानविन गरी सम्लग्नलाई पक्राउ गरी हदै सम्मको कानुनी सजाय हुनु पर्ने माग राखेका छन् ।
यता हत्यारा पक्राउ गरी कार्वाही माग राख्दै केन्द्रिय महासंघको आन्दोलन कार्यक्रम अनुसार मुख्य हत्यारा पत्ता लगाई हिरासतमा नलिएसम्म बोलपत्रका सम्पूर्ण कार्यमा सहभागी नहुने, स्व. अध्यक्ष गौचनको शोकमा तथा हत्याको विरोधमा असोज २५ देखि २७ गते सम्म झापाका सम्पूर्ण निर्माण कार्य ठप्प पार्ने अध्यक्ष बस्नेतले प्रशासनलाइ जानकारी गराएका थिए ।