धरान/मार्केटिङ र लेवलिङ विषयमा धरानका महिला उद्यमीहरुलाई बुधबार तालिम दिइएको छ । सुनसरी उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति र नेक्टे्ड परियोजनाले धरानका ३५ जना साना उद्यमी महिलाहरुलाई तालिम दिएको हो । मार्केटिङको विषयमा महेन्द्र क्याम्पस धरानका प्राध्यापक अंकित घिमिरले तालिम दिए । त्यस्तै लेवलिङ बारे खाद्य तथा गुण नियन्त्रण विभाग विराटनगरका प्रमुख प्रमोद कोइरालाले तालिम प्रदान गरे । तालिमको उद्घाटन धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले गरिन् । उनले धरान उपमहानगरले महिलाहरुले उद्यम सञ्चालन गरे ५० प्रतिशत लगानी गरिदिने नीति लिएको बताइन् । महिलाहरुलाई कसरी व्यापार, व्यवसाय तथा उद्यमी बनाउँदै बजारमा प्रतिस्पर्धा गराउन सकिन्छ भन्ने उद्देश्य अनुरुप तालिम दिइएको समितिकी संयोजक सुभेक्षा अधिकारी श्रेष्ठले बताइन् ।