इटहरी/ ग्रामीण क्षेत्रका युवालाई स्वरोजगारमुलक सीप प्रदान गरेर गाउँघरमै बसी आत्मनिर्भर गराउने अभिप्रायले इटहरीमा सञ्चालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत एकमहिने डकर्मीसम्बन्धी तालीम आज सम्पन्न भएको छ ।

विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको सहयोगमा ग्रामीण पुनः निर्माण संस्थाले आयोजना गरेको सो तालिममा जिल्लाका देवानगञ्ज, कोशी, भोक्राहा, हरिनगरा गाउँपालिका तथा बराहक्ष नगरपालिकालगायतका स्थानका २२ युवा सहभागी थिए ।

प्रतिव्यक्ति झण्डै २२ हजारको लगानीमा घर निर्माणसम्बन्धी ज्ञान, सीप र भूकम्प प्रतिरोधी भवनसंहिता सम्बन्धी प्रशिक्षणका साथै प्रशिक्षार्थीलाई औजारसमेत उपलब्ध गराइएको थियो ।

ग्रामीण पुनः निर्माण संस्थाक जिल्ला कार्यक्रम संयोजक सरस्वती कोइरालाले तालीमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा सदुपयोग गर्न आग्रह गर्दै कार्य क्षेत्रमा सक्रिय भए वा नभएको अनुगमनसमेत गरिने भएकाले तालीमबाट प्राप्त सीप व्यवहारमा उतार्न आग्रह गरे ।