भद्रपुर । पछिल्लो समय घरेलु हिंसा भन्दा पनि बलत्कार र बलत्कारको प्रयासका घट्नाहरु हुने गरेको पाइएको छ । साझा सवालका लागि साझा मञ्च(कोकन)ले मंगलवार झापाको भद्रपुरमा आयोजना गरेको न्यायमा महिलाको पहुँच सुनिश्चितताका लागि सरोकारवाला निकायको भुमिका विषयक जिल्ला स्तरिय कार्यक्रममा यस्तो पाइएको हो ।
कोकनका कानुनी सल्लहाकार कोषराज न्यौपानेले महिलाको न्यायमा पहुँचको अवस्था,समस्या र चुनौतिको विषयमा सहजीकरण गर्दै राष्ट्रिय महिला आयोगमा परेको उजुरीको तथ्याङ् सार्वजानिक गरेका थिए । आयोगमा ०७१। ७२मा महिला हिंसामा एक सय दुइ र घरेलु हिंसामा तीनसय सत्र उजुरी मध्ये १७ ओटा जबरजस्ती करणीको मुद्दा रहेको न्यौपानेले बताए । त्यसैगरि ०७३।७४मा २४ सय ६ ओटा उजुरी मध्ये १६ सय ४४ ओटा बलात्कार र बलात्कारको प्रयास रहेको तथ्याङ् सार्वजानिक गरेका थिए । यसरी हेर्दा परेको उजुरी मध्ये दुइ तिहाइ बलात्कार र त्यसको प्रयास रहेको पाइएको उनको भनाइ छ । यस्ता घट्नामा कानुन बनेपनि व्यवहारमा लागु नभएका कारण न्युनिकरणमा समस्या आएको उल्लेख गरेका थिए । आर्थिक विपन्नता,लागु औषध प्रयोग कर्ता, मादक पदार्थ सेवन,पोशाक पहिरन ,खानपान लगायतको कारणले महिला हिंसा हुने गरेको सहभागीले बताएका थिए । यस्ता घट्नामा राजनैतिक दबाभ,आर्थिक चलखेल,घट्नपश्चात सुरक्षित वासस्थान लगायतले पनि घट्नाको रुप फेरिने अकिारकर्मी विष्णु प्रसाद खरेलले उल्लेख गरेका थिए । पत्रकार र अधिकारकर्मीले सार्वजानिक नगरेसम्म घट्नालाइ सामान्य रुपले हेरिने मनस्थिती परिवर्तन हुनु पर्ने धारणा राखेका थिए । मिलोमतोमा भएका यौनजन्य क्रियाकलाप देखि लिएर घरेलु हिंसाका घट्नामा तेस्रो पक्षले जानकारी पाएपछि मात्र वाहिर आउने गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र वस्नेतले बताए । समाजमा देखिएका त्यस्ता क्रियाकलाप जानकारी आएमा कानुनी प्रक्रिया भन्दा बाहिर गएर काम नगरिने डिएसपी वस्नेतले उल्लेख गरेका थिए । मञ्चकी अध्यक्ष मन्जिता उपाध्यायको सभापतित्वल तथा भद्रपुर नगरपालिका प्रमुख जविन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कानुनी सल्लहाकार कमल कोइरालाले कार्यक्रममको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा कानुनव्यवसायी भीम बराल, दिपक निरौला,झापा बारका अध्यक्ष सुरज खत्री,महिला तथा बाबालिका कार्यालयकी जीवनकला राउत,सानाहात नेपालका अध्यक्ष जगत वाग्ले,महिला अधिकारकर्मी कविता शर्मा,पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा लगायतले बोलेका थिए ।