भद्रपुर । घरको काम गर्ने क्रममा हाइटेन्सन तारले झड्का दिदा लडेर दुइजना गम्भिर घाइते भएका छन् । झापाको दक्षिणी क्षेत्र साविक वनियानी ४ हाल कचनकवल ६ वनियानी बजारमा तिर्थ दाहालको घरमा काम गरिरहेका वनियानी ६ का २५ वर्षिय मोहन राजवंशी र ३० का वैशलाल राजवंशी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरको प्लाष्टर गरिरहेको समयमा मंगलवार विहान ११ वजे हाइटेन्सन लाइनले झडका दिएपछि उनिहरु खसेका थिए । घट्नापछि उपचारको लागि ओम साइ पाथिभरा हस्पिटल ल्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जितेन्द्र वस्नेतले जनाए । घाइते मध्ये वैशलालको अवस्था गम्भिर भएकोले थप उपचारको लागि वि एण्ड सी हस्पिटल विर्तामोड रेफर गरिएको छ भने मोहनको ओमसाइमानै उपचार भइरहेको प्रहरीले जनाएको छ ।