धरान/ रगतको बढ्दो मागलाई ध्यानमा राखेर इनरुवाको सावित्री गोपाल स्मृति ट्ष्ट ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछिमा आयोजित रक्तदान कार्यक्रममा ४४ जना महिला तथा पुरुषहरुले रक्तदान गरेको आयोजकले जनाएको छ ।

ट्ष्टका अध्यक्ष रोशन भट्टराई का अनुसार अहिले अस्पतालहरुमा रगतको माग बढी रहेकाले रगतको अभाबमा कसैलेपनि ज्यान गुमाउनु नपरोस भनेर कार्यक्रम आयोजना गरिएको बताए ।

रक्तदान कार्यक्रममा नेपाली सेना र सशस्त्र प्रहरीहरुले समेत रक्तदान गरेको भट्टराईले जानकारी दिए ।