भद्रपुर । पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाई नगरपालिका –३ सुरुङ्गामा शनिवार भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका – ४ निवासी ३० वर्षीय नवीन मिया रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मे १ त ५१०९ नम्वरको ट्याक्टर सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ७८६४ नम्वरको वसले ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टर चालक मियाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा सवार अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको विर्तामोडस्थित वीएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।