धनकुटा/पक्राउ परेकाहरुलाई विहिवार हेर्न र भेट् आउनेहरु स्थानियहरुले भने अघिल्लो वर्ष ३ वटा खसी र केही नगद रकम जिल्ला प्रहरीलाई दिएकाले छापा मारेका थिएन्न ।

यो वर्ष दशैंमा पैसा पनि दिएन्न, खसी पनि पाएन्न त्यसैकारण जुवा खेल्न वसेकाहरु प्रहरीको शिकार भएको एक स्थानियले दावी गरेका छन् । उनका अनुसार घरधनी दिलवहादुर गुरुङ्गलाई जिल्ला प्रहरी कार्यालयमा दशैं अघि वोलावट भएको तर उनी जिल्ला प्रहरीमा नगएको पनि श्रोतले दावी गरेको छ ।

उनीहरुले जिल्ला सदरमुकाम लगायत अन्य वजारहरुमा पनि यत्रतत्र तासजुवा खेल्ने गरेका छन् तर पाख्रीवास वजारमा नै किन प्रहरीले यो पटक छापा मा¥यो भन्दै प्रहरीलाई प्रति प्रश्न गरेका छन् ।

उनीहरुले जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीकै संरक्षणमा कहिले क्लवको नाम लिएर, कहिले संघसंस्थाको सहयोगको नाम लिएर र दशै तिहार जस्ता पर्वसंगै मिनी मेलाको नाममा दिउँसै डाईस खेलेको सवैको आँखा अगाडी नछिपेको समेत वताएका छन् ।

गएको नागपञ्चमी देखी नै जिल्लाको विभिन्न स्थानमा मेला लाग्दै गर्दा स्थानियको विरोधमा कतिपय स्थानमा वन्द भए पनि जिल्लाको केही स्थानहरुमा मेला लागी नै रहेको छ ।