पाँचथर/ पाँचथर प्रहरीले चाँडपर्वको सिजनमा सवारी साधनबाट यात्रु नठगिने गरी काम–कारबाही बढाउँने भने पनि मेची राजमार्गमा सवारी साधनमा मनपरी भाँडा असुलिंदै आएको पाइएको छ ।
झापाको चारआली देखि ताप्लेजुङको फुङलिङ जोड्ने यो मार्गमा सञ्चालित सवारी साधनले तोकिएको भन्दा तेब्बर बढी भाँडा असुल्ने गरेको पाइएको हो ।
झापाको बिर्तामोडदेखि पाँचथरको फिदिम सम्मलाई पाँच यस भाँडादर निर्धारण गरिएको छ । तर चाँडपर्वको मौका छोपि सवारी सञ्चालकहरुले तेब्बर बढी एक हजार पाँच सय सम्म भाँडा लिएको यात्रुले गुनासो गरेका छन् ।
बिर्तामोडदेखि फिदिम आउँदा आफूलाई एक हजार रुपैंयाँ भाँडा लिएको फिदिम नगरपालिका–२, का अम्बिका ओझाले बताइन् ।त्यस्तै पाँचथर–इलाम सिमावर्ती राँके बजारदेखि फिदिमसम्मको भाँडा एक सय ५० रुपैंयाँ निर्धारण भएकोमा आफूलाई दोब्बर बढी तीन सय रुपैंयाँ लिएको फालेलुङ गाउँपालिका–८, की चन्द्रकला लिम्बूले बताइन् ।
दोब्बर भाँडा नदिए गाडि नै नचढाउँने भनेपछि बाध्य भएर दोब्बर तिर्नु परेको दशैंमा माइत गएर फर्किएकी उनले गुनासो गरिन् ।सदरमुकाम फिदिम स्थित शनिबारे चेक पोष्टमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सहकार्यमा यात्रु सहायता कक्ष स्थापना गरिएको भए पनि त्यो निष्प्रभावि देखिएको छ ।
पाँचथर ट्राफिक प्रहरी प्रमुख प्रेम कुमार शाहले भने सहायता कक्षमा आएर ठगिने यात्रुले गुनासो नगर्दा कारबाही गर्न समस्या भएको बताए ।ठगिने यात्रु गाडि नम्बर सहित गुनासो गर्न आए रकम फिर्ता गरिदिने समेत शाहले बताए ।
सवारी साधनबाट यात्रले ठगिनु र दुव्र्यवहार सहनु नपरोस भन्ने बिषयमा ट्राफिक प्रहरी सचेत रहेको बताउँदै उनले आफू ठगिएमा गुनासो गर्न आग्रह गरे । फिदिमबाट ग्रामीण क्षेत्रमा जाने सवारी साधनमा समेत यात्रु ठगिने गरेको पाइएको छ ।