भद्रपुर। भारतीय सुरक्षाकर्मीले बावु छोरालाइ पक्राउ गरी झुठ्ठा मुद्दा लगाई बन्दी बनाएको भन्दै झापा जिल्ला अदालत बार एकाईले बुधवार ज्ञापनपत्र बुझाएको छ । झापा वारका अध्यक्ष सुरज खत्रीको नेतृत्वमा गएको टोलीले सप्तरीका देवनारायण र उनका छोरा अजय यादवको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय झापा मार्फत गृह मन्त्रलायलाई ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष खत्रीले झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाएका थिए । सप्तरी जिल्ला कोइलाडी–२ बस्ने देवनारायणका छोरा अजय आफ्नो ससूराली भारत जाँदा भारतीय सुरक्षाकर्मीले पक्राउ गरी हिरासतमा लिएको र छोराको हिरासतको सम्वन्धमा बुझन जाँदा देवनारायणलाई समेत भारतीय सुरक्षाकर्मीले पक्राउ गरी झुठ्ठा मुद्दा लगाई बन्दी बनाएको भन्दै झापा वारको गम्भिर ध्यानकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । विवाहको विषयलाई लिएर नेपाली नागरिकहरु पक्राउ गर्ने भारतीय सुरक्षाकर्मीको कार्यशैली मानव अधिकारको सिद्धान्त प्रतिकुल भएकोले यस इकाई भारत सरकारको उक्त कार्यको घोर भत्र्सना गर्दछ । दुवै जनालाई तत्काल सकुशल रिहाई गर्न भारत सरकार समक्ष जोडदार माग गर्दै आफ्नो नागरिक रिहाका लागि कुटनैतिक पहल गर्न नेपाल सरकारसँग यस इकाई अपिल गरेको पत्रमा उल्लेख छ ।